• शुक्रबार, साउन ८ २०८३

‘उपाध्यक्ष मात्रै होइन मैले हितैषी मित्रपनि गुमाएँ’


मंगलबार, भाद्र २६ २०८०
2K
Shares

काठमाडौँ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

हृदयघातका कारण गए राती निधन भएका नेम्वाङलाई ‘हितौषी मित्र’को रुपमा स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।

‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,’ ओलीले स्मरण गरेका छन्, ‘लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याउनु भएको योगदान सधैं सम्झिरहने छौँ ।’

नेम्वाङको अप्रत्याशित निधनले स्तब्ध भएको जनाउँदै उनले भनेका छन, ‘मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली, उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार