• शुक्रबार, साउन ८ २०८३

मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, नेम्वाङलाई राष्ट्रिय सम्मान दिने तयारी


मंगलबार, भाद्र २६ २०८०
4.1K
Shares

काठमाडौं । मन्त्रिपरिषदको आकस्मिक बैठक आज बस्दै छ । बैठक बिहान १० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्न लागेको हो । बैठकले संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मानबारे निर्णय गर्ने तयारी छ ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा छ । मन्त्रिपरिषद् बैठक बसेर नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय गर्ने तयारी छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार