• शुक्रबार, साउन ८ २०८३

सुवास नेम्वाङको राजनीतिक यात्राः अनेरास्ववियुदेखि एमाले उपाध्यक्ष र स्ववियु सभापतिदेखि सभामुखसम्म


मंगलबार, भाद्र २६ २०८०
1.7K
Shares

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको हृदयघातका कारण निधन भएको छ ।

गएराति १ बजे बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । १ बजेर ५० मिनेटमा अस्पताल पु¥याइएको र अस्पताल पु¥याइनुअघि नै नेम्वाङको निधन भइसकेको स्रोतले जनाएको छ ।

यस्तो छ सुवास नेम्वाङको राजनीतिक यात्रा 

स्नातक अध्ययनका क्रममा विसं २०२८/२०२९ सालमा अनेरास्ववियुबाट राजनीतिक यात्रामा प्रवेश गरेएका नेम्वाङ इलाम बहुमुखी क्याम्पसको स्ववियुसभापति भएका थिए ।

विसं २०३३ सालमा राजकाज मुद्दामा केन्द्रिय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोअर्डीनेसन केन्द्र (माले)मा सङ्गठित एमाले केन्द्रिय न्यायिक समिति सदस्य हुँदै एमालेको उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

विसं २०४८ देखि २०५२ सम्म राष्ट्रियसभा सदस्य, २०५६, २०६४, २०७०, २०७४  र २०७९ मा इलाम–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङ पार्टी संसदीय दलको उपनेता र पार्टी उपाध्यक्षको जिम्मेवारीमा थिए ।

नेम्वाङ विसं २०६३ मा पुनःस्थापित प्रतिनिधिसभाका सभामुख, विसं २०६४ व्यवस्थापिका संसद्को सभामुख, विसं २०६५ एवं २०७० सालमा संविधानसभाका अध्यक्ष/सभामुख थिए ।

उनले विसं २०३२ देखि २०६३ सम्म मुलुकमा भएको राजनीतिक आन्दोलनमा पटकपटक गरी सात महिना थुनामा रहेका नेम्वाङ २०५१ सालमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, सामान्य प्रशासनमन्त्री, सार्वजनिक लेखासमितिको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसैगरी विसं २०३५ देखि २०४२ सम्म नेपाल ल क्याम्पसमा प्राध्यापन गरेका स्वं नेम्वाङ वरिष्ठ अधिवक्तासमेत रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार