• शुक्रबार, साउन ८ २०८३

नेम्वाङको निधनमा राष्ट्रपति र प्रधानमन्त्रीद्वारा दुःख व्यक्त


मंगलबार, भाद्र २६ २०८०
8.1K
Shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनमा दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका छन् उनले सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपतिले शोकाकुल परिवार, गणतन्त्र पक्षधर तथा उनको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको बताएका छन् ।

प्रचण्डले सामाजिक सञ्जाल एक्समार्फत दिवंगत नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको गएराति हृदयघातका कारण निधन भएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार