• शनिबार, साउन ९ २०८३

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनमा विवादः सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु


शनिबार, भाद्र २३ २०८०
1.1K
Shares

काठमाण्डौ । कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनमा विवाद हुँदा सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यु आदेश जारी गरिएको छ ।

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलङ्गवा बजार क्षेत्रमा आइतबार बिहान ८ बजेसम्मका लागि कफ्यु आदेश जारी गरेको हो ।

स्थानीय प्रशासनले मलङ्गवा बजार क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले धार्मिक, जातीय र सांस्कृतिक सद्भाव कायम राख्न सबैसँग अपिल गरेको थियो ।

शुक्रबार राति भएको झडपमा प्रहरीले १६ सेल अश्रुग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । शनिवार प्रदर्शन जारि रहेपछि दिनभर कर्फ्यु लगाइ मानिसको जमघट हुने गतिविधि निषेध गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

शनिबार फेरि प्रदर्शन चर्किएपछि मलङ्गवा बजार क्षेत्र तनावग्रस्त बनेको थियो । प्रहरीले आजपनि पटक–पटक अश्रुग्याँस प्रहार गरेको थियो । मलङ्गवा भएर चल्ने छोटो तथा लामो दूरीका यातायातका साधन शनिबार सञ्चालन हुन सकेनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार