काठमाण्डौं । सर्वोच्च अदालतको परमादेशले नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
शुक्रबार मुख्यमन्त्रीमा नियुक्त नेकपा एमालेका नेता कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराएका हुन् ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई आजै संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्कीले आजै तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । कार्कीको दल एमालेबाट तिलकुमार मेन्याङ्वो ऊर्जा, पाँचकर्ण राई वन, एकराज कार्की भौतिक पूर्वाधार र सृजना राई सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका छन् ।
अल्पमतको सरकार बनाएका मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।
एमाले नेतृत्वको सरकारलाई राप्रपाले पनि समर्थन गर्ने भएको छ ।
कार्कीको दल एमालेसँग ४० मत छ । राप्रपाको ६ मत ले पनि बहुमतका लागि सहज छैन ।
गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादी पार्टीका ४ र जसपाका एक प्रदेश सांसद छन् ।
९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ चाहिन्छ ।