काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ ।
डेंगु संक्रमणपछि ग्राण्डी अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा उनको निधन भएको हो ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएका रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय सभापति समेत थिए ।