• शनिबार, साउन ९ २०८३

कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार


बुधबार, भाद्र २० २०८०
1.1K
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि काठमाडौँको भृकुटीमण्डपमा खुकुरी प्राहार भएको छ ।

नुवाकोटाको विदुर नगरपालिका घर भएका श्याम बहादुर सापकोटाले बुधबार आक्रमण गरेका हुन्  ।

रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा यादव माथि आक्रमण भएको हो । यादवको टाउकोको पछाडिको भागमा चोट लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ ।

आक्रमण गर्ने श्याम बहादुर सापकोटालाई खुकुरीसहित प्रहरीले पक्राउ गरेर सिंहदरबार बृत्तमा राखेको छ । प्रहरीले गरेको प्रारम्भीक सोधपुछका क्रममा उनले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाका प्रत्यक्षदर्शीले आक्रमणपछि सापकोटाले राजतन्त्रको पक्षमा नाराबाजी गरेका थिए ।

नेपाली कांग्रेसले यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले घोर निन्दा र भर्त्सना गद्रै गम्भीरतापूर्वक लिएको बताएका छन् ।

आक्रमण गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्न कांग्रेसले सरकारसँग माग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार