• शुक्रबार, साउन ८ २०८३

कांग्रेस, एमाले र माओवादी एउटै पार्टी हुन् : अध्यक्ष लिङ्देन


शनिबार, भाद्र १६ २०८०
1.3K
Shares

बुटवल- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी तीन पार्टी नभएर एउटै पार्टी भएको प्रतिक्रिया दिएका छन् । उनले नामको कारणले मात्रै ३ वटा पार्टी जस्तो देखिए पनि उनीहरूको व्यवहार एउटै भएको आरोप लगाए ।

कपिलवस्तुको तौलिहवामा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टी कपिलवस्तु पार्टी प्रवेश तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष लिङ्देनले ठूला-ठूला भ्रष्टाचारमा यी तीन पार्टीका मान्छेकै सहभागिता रहेको दाबी गरे । उनले देश बर्बाद पार्न यिनै पार्टीको संलग्नता रहेको आरोप लगाउँदै हरेक भ्रष्टाचार काण्डमा पनि उनीहरू नै संलग्न भएको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार