काठमाडौं । कोशी सरकारविरुद्धको रिटको सुनुवाइ आज स्थगित भएको छ । न्यायाधीश ईश्वर प्रसाद खतिवडाले हेर्न नमानेपछि कोशी प्रदेश सरकारविरूद्धको रिट अर्को दिन लाई सरेको हो ।
रिट आज न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेको इजलासमा परेको थियो । प्रारम्भिक सुनुवाइका क्रममा आफूले दृष्टिकोण दिइसकेको भन्दै उनले मुद्दा हेर्न अस्वीकार गरेका हुन् ।
भदौ ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि असन्तुष्ट बनेको एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले उत्प्रेषणयुक्त परमादेश माग गरेका थिए ।
सर्वोच्चले भदौ ७ गतेको सुनुवाइमा कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो ।
निवर्तमान सभामुख बाबुराम गौतमले यसअघि थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चले मुख्यमन्त्री थापाको नियुक्ति बदर गरिदिएको थियो ।