• शनिबार, साउन ९ २०८३

नेपालको चुच्चे नक्सा नसमेटेकाे भन्दै बालेनले रद्द गरे चीन भ्रमण


बिहिबार, भाद्र १४ २०८०
1.5K
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले नेपालको चुच्चे नक्सा नसमेटेको भन्दै चीन भ्रमण रद्द गरेका छन् ।

केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई नसमेटी पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको बताउदै आजै दिउँसो चिन जाने भ्रमण नैतिकताका आधारमा रद्द गरेको बताएका छन् ।

उनले लेखेका छन् ‘नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं । त्यसैले आज मेरो चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु’ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार