• शनिबार, साउन ९ २०८३

एसीसी एसिया कपको पहिलो खेलमा पाकिस्तानसँग नेपाल पराजित


बिहिबार, भाद्र १४ २०८०
1.2K
Shares

काठमाडौँ । एसीसी एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तानसँग पराजय भोगेको छ । समूह ‘ए’ अन्तर्गत मुल्तान क्रिकेट स्टेडियममा नेपालले आयोजक पाकिस्तानसँग २३८ रनको पराजय भोगेको हो ।

३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३.४ ओभरमा सबै विकेट गुमाएर १०४ रनमात्र बनायो । नेपालका लागि सोमपाल कामीले २८, आरिफ शेखले २६ रन बनाए । गुल्सन झाले १३ रन जोडे ।

 

पाकिस्तानका लागि सदाव खानले ४,  हरिस राउफ र शाहिन शाह अफ्रिदीले २/२ तथा  मोहम्मद नवसज र नसिम शाहले १(१ विकेट  लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४२ रन बनायो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले १५१ रन बनाए । उनले १४ चौका र ४ छक्का हिर्काए । इफ्तिकार अहमदले १०९ रन जोडे । इफ्तिकारले ११ चौका र ४ छक्का हिर्काए ।  मोहम्मद रिजवानले ४४ रनको योगदान गरे ।

नेपालका लागि सोमपाल कामीले २ तथा करण केसी र सन्दीप लामिछानेले एक(एक विकेट हात पारे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार