• शुक्रबार, साउन ८ २०८३

एमालेका शिर्ष नेताहरु चढेको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता


बुधबार, भाद्र १३ २०८०
1.3K
Shares

काठमाडौँ । नेकपा एमालेका शीर्ष नेताहरू सवार बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फिर्ता भएको छ । काठमाडाैंबाट उडेकाे साे जहाज जनकपुर विमानस्थल नजिकै पुगेर पुन काठमाडाैं फिर्ता भएकाे हाे । जहाजमा प्राविधिक समस्या आएकाले सो जहाज पुन काठमाडौँ अवतरण भएको हो ।

सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरू जनकपुर हुँदै सिराहा जान लागेका थिए । जहाजमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य,  उपमहासचिव विष्णु रिमाल, अमृत बोहरा लगायतका नेता जनकपुर जान लागेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार