• शुक्रबार, साउन ८ २०८३

नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा पनेरु नियुक्त, मन्त्रिपरिषदमा अरु के-के भयो निर्णय ?


मंगलबार, भाद्र १२ २०८०
2.1K
Shares

काठमाडौँ ।  सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धमा कैलाशकुमार पनेरुलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

त्यस्तै सरकारले भन्सार विधेयक र विद्युत् विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ ।

उनका अनुसार सरकारले  प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी र माधव सापकोटालाई निजीकरण समितिको सदस्यमा मनोनीत गर्ने, नेपाल र फिलिपिन्सबीच कूटनीतिक तथा सरकारी राहदानी बहाललाई प्रवेशाज्ञा छुट दिने सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृत दिने निर्णय भएको छ ।

उनले नेपाल प्रशासन सेवा सामूहिकरण तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त एक (सचिव) पदमा दिनेशकुमार घिमिरेलाई बढुवा गर्ने निर्णय भएको पनि बताइन्  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार