• शनिबार, साउन ९ २०८३

उमा भुजेलको बयान सकियो, थुनछेक आदेश बाँकी रहेकाले हिरासतमै फर्काइयो


बुधबार, जेष्ठ २१ २०७७
970
Shares

गोरखा । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपाकी पोलिटब्यूरो सदस्य उमा भुजेललाई पक्राउ गरी प्रहरीले जिल्ला अदालत गोरखामा हाजिर गराएको छ ।

सार्वजनिक शान्ति विरुद्धको मुद्दामा पक्राउ परेकी भुजेललाई बुधबार जिल्ला अदालतमा उपस्थित गराईएको हो ।

केहि महिनाअघि गोरखाकै एक एनसेल टावरमा आगजनी गरेको आरोपमा उनि विरुद्ध सार्वजनिक शान्ति विरुद्धको मुद्दा दायर भएको अदालत स्राेतले जनाएकाे छ ।

बुधबार अदालतमा हाजिर भएकी भुजेलको बयान लिने काम सकिएको तर थुनछेक आदेश गर्न बाँकी रहेकाले प्रहरीले पुन हिरासत मै फर्र्काएर जिल्ला प्रहरी कार्यालयमा राखेको एसपी ओम प्रसाद अधिकारीले बताए ।

उनकाे थुनछेक आदेशका लागि पुन: उनलाई बिहिबार समेत अदालतमा उपस्थित गराइने बताइएकाे छ ।

उनलाई केहीदिन अघि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको थियो। भुजेलविरुद्ध गोरखामा सार्वजनिक शान्ति विरुद्धको मुद्दा दर्ता भएकाले उनलाई बुधबार बिहान गोरखा ल्याइएको हो ।

भुजेल २०५७ साल चैत्र १७ गते भएको चर्चित जेल ब्रेकर घटनाको नेतृत्वकर्ता समेत हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार