• शनिबार, साउन ९ २०८३

नेपाल र भारतका यि दुई कम्पनीका औषधि बिक्रीमा रोक, बजारबाट फिर्ता ल्याउन समेत निर्देशन


आइतबार, साउन २८ २०८०
1.8K
Shares

काठमाडौं । औषधि व्यवस्था विभागले दुई कम्पनीका औषधिलाई बिक्री वितरणमा रोक लगाएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ती औषधि न्यून गुणस्तरीय पाइएको विभागले जनाएको छ ।

रोक लगाइएकामा ‘लोमोसिट्रोन’ नामक हाइड्रोजन सिट्रेड सिरपकोब्याच नम्बर एलएस ०३२२ रहेको छ । यो औषधि डाइसोडियम लोमस फर्मास्युटिकल्स काठमाडौंको उत्पादन हो ।

विभागले भारतको लेबेन ल्याब्रोटरीद्धारा उत्पादित ‘फ्लेक्जोलेब’ नामक फ्लेक्जोफेनाडिन हााइडोक्लोराइड औषधिको ब्याच नम्बर एल १८७१ लाई पनि बिक्रीमा रोक लगाएको हो । सो औषधिको नेपाली आयातकर्ता मेडिहब फर्मास्युटिकल्स् रहेको छ ।

रोक लगाइएका औषधि बिक्री वितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन विभागले उत्पादक कम्पनीलाई निर्देशन दिएको छ ।

साथै, सो ब्याचको औषधि सिफारिस र प्रयोग नगर्न पनि विभागको सबैमा अनुरोध छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार