काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा गरेको उपचार खर्च वापत ५५ लाख २ हजार ९९ रुपैयाँ सरकारले व्यहोर्ने निर्णय विरुद्ध परेको रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
२४ असारमा अधिवक्ता विष्णु गिरीले राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय विरुद्ध सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्च अदालतका रजिष्ट्रार निर्मला पौडेलबाट भएको आदेशबाट रिट दरपीठ गरेको हो ।
राष्ट्रपतिको उपचार खर्च कार्यपालिकाको क्षेत्राधिकार अन्तर्गतको विषय भएकोले कसलाई उपचार खर्च दिने नदिने भनी न्यायालयबाट निर्क्यौल हुने विषय नभएको सर्वोच्चले जनाएको छ ।