काठमाडौँ । भोलि हुने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को निर्वाचन मा ४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
इक्यानका पूर्वअध्यक्ष विष्णुहरि पाण्डे, बर्तमान द्वितीय उपाध्यक्ष शेषराज भट्टराई, प्रथम उपाध्यक्ष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरि केसीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
विष्णुहरि पाण्डे र शेषराज भट्टराइले प्यानलसहित उमेदवारी घोषणा गरेका छन् भने देवीदास भट्टराई र कृष्णहरि केसीले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
१८ सदस्यीय कार्यसमितिका लागि प्यानलै घोषणा गरेका विष्णुहरि र शेषराज बीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
१८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको उम्मेदवारी परेको छ । इक्यानको ४६७ जना मतदाता छन् ।
उमेद्वारहरु सबैले प्रचारप्रसार तिब्र बनाएका छन् ।