काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको राजीनामा मागेकी छन् ।
न्युन पारिश्रमिकमा दिन रात बिरामीहरुको सेवामा जीवन अर्पिएका स्वास्थ्यकर्मीले स्वास्थ्य मन्त्रालय सँग दरबन्दीको र आफ्नो कार्यक्षेत्र र उचित व्यवस्थापनको मद्दत माग्न जाँदा, मलाइ त्याहाँ काम गर्न गार्हो भईसक्यो आत्महत्या गरुँ जस्तो भईसक्यो भनि हार गुहार गर्न जाँदा त्यसरी आत्महत्या गर्ने भए गर्नुस् बरु मै डोरी दिउँला, सचिवको कोठामा गारो भए मन्त्रीकै गेटमा झुण्डिए हुन्छ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि उनले राजीनामा मागेकी हुन् ।
कार्कीले नेपालमा हरेक दिन १७—१९ जना युवायुवतीले आत्महत्या गरिरहेको परिप्रेक्ष्यमा तालुकदार मन्त्रीले नै यस्तो अभिव्यक्ति दिनु घातक भएको बताएकी छन् ।
तर मन्त्री बस्नेतले सहयोग गर्नुको सट्टा आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै नैतिकताको आधारमा स्वास्थ मन्त्री मोहन बहादुर बस्नेतले तत्काल राजीनामा दनि माग गरेकी हुन् ।
