• शनिबार, साउन ९ २०८३

डा. धामी भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टार


आइतबार, असार १७ २०८०
1.2K
Shares

काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाको रेक्टरमा डा. डबल धामी नियुक्त भएका छन् । प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले डा. धामीलाई रेक्टार पदमा नियुक्त गरेका हुन्।

प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलको सिफारिसका आधारमा मन्त्री बस्नेतले डा. धामीलाई नियुक्त गरेका हुन् । डा. रावलले डा धामीसहित तीन जनाको नाम सिफारिस गरेका थिए । डा. रावलले डा. धामीसँगै डा. भूमिराज क्षेत्री र डा. कुशल भट्टराईको नाम सिफारिस गरेका थिए।

यसअघि रेक्टारका लागि अन्य तीन जनाको नाम सिफारिस भएको थियो । तर मन्त्री बस्नेतले उनीहरु बाहेकका नाम सिफारिस गर्न भनेपछि उपकुलपति डा रावलले नयाँ तीन जनाको नाम सिफारिस गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सह प्राध्यापकको रूपमा काम गर्दै आएका धामी बझाङको छबिस पथिभेरा ६ का स्थायी बासिन्दा हुन् । उनलेले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस तथा काठमाडौँ विश्वविद्यालयबाट क्लिनिक फर्माकोलोजी एन्ड थेराप्युटीक्समा एमडी गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार