• शनिबार, साउन ९ २०८३

नेपाल नेदरल्याण्ड्ससँग पराजित भएसंगै विश्वकप छनोटबाट बाहिरियो


शनिबार, असार ९ २०८०
1.2K
Shares

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको छनोट खेलमा शनिबार नेपालले नेदरल्यान्ड्सस‌ंग पराजित भएकाे छ ।

ब्याटिङ र बलिङ दुवैमा कमजोर प्रदर्शनसँगै नेपाल नेदरल्याण्ड्ससँग ७ विकेटले पराजित भएको हाे । यसंगै विश्वकप छनोट प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

जिम्बाव्वे र वेष्टइण्डिङसँग हार र अमेरिकामाथि जित हात पारेको नेपाललाई सुपर सिक्समा पुग्ने सम्भावना कायम राख्न नेदरल्याण्ड्सलाई हराउनैपर्ने थियो । तर टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निकै खराब ब्याटिङ गर्‍यो ।

यो समूहबाट वेष्ट इण्डिज, जिम्बाब्वे र नेदरल्याण्ड्स सुपर सिक्समा पुग्दा नेपाल र अमेरिका बाहिरिएको छ ।

अब नेपालले १७ असारमा युएईसँग प्लेअफमा खेल्नेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार