काठमाडौं । आफुलाई आक्रमण गर्ने नेविसंघका कार्यकर्ताहरु विरुद्धको मुद्दा सरकारले फिर्ता लिने निर्णय गरेपछि त्यसको विरोधमा अनशन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले अनशन स्थगित गरेका छन् ।
विश्वविद्यालयको उपकुलपति कार्यालय अगाडि पाँच दिनदेखि अनशन बस्दै आएका चलाउनेको पक्षमा मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्नू भनी सर्बोच्चले हिजो आदेश दिएपछि अनशन स्थगित गरेका हुन् । यसबारे जानकारी दिन उनले दिउँसो एक बजे पत्रकार सम्मेलन गर्न लागेका छन् ।
सर्वोच्च अदालतले अल्पकालीन नभइ, मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म जिल्ला अदालतमा विचाराधिन मुद्दा फिर्ता नलिनू भनी आदेश दिएको थियो । सर्बोच्च अदालतले अन्तरिम आदेश दिनुको प्रमुख कारण मुद्दा फिर्ता लिँदा उचित र मनासिव आधार कारण उल्लेख गरेको नदेखिनु रहेको उल्लेख गरेको छ ।
२० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा सांघातिक आक्रमण भएको थियो ।
सरकारले मन्त्री परीषद्काे ३० जेठ २०८० बैठकबाट उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने नेविसंघका हरि आचार्य, योगेन्द्र रावल लगायत विरुद्धको मुद्दा फिर्ता लिने निर्णय गर्दा कुनै कानूनी आधार लिएको थिएन ।