• शनिबार, साउन ९ २०८३

समाजवादी मोर्चा घोषणासंगै चार दलको ७ बुँदे सहमती


सोमबार, असार ४ २०८०
1.3K
Shares

काठमाडौं । सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरे ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।

कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव नेत्रविक्रम चन्दले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित छन‍्।

हस्ताक्षरपछि जसपाका नेता राजेन्द्र श्रेष्ठले उक्त सहमति पत्र पढेर सुनाएका थिए।  त्‍यसपछि उनीहरूले हात उठाएर ऐक्यबद्धता जनाएका थिए।

सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार