काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टोली जिम्बावेलाइ ८ विकेटको क्षतिमा २९१ रनको लक्ष्य दिएको छ ।
नेपालले उत्कृष्ट सुरुवात गर्दै पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको साझेदारी गरेको थियो । सो क्रममा कुशल शतक पूरा गर्नबाट १ रनले चुकेका थिए । जिम्बाव्वेका वेलिङटन मासाकाज्दाले ९९ रनमा कुशललाई बोल्ड गरेका थिए ।
ओडीआई क्रिकेटमा नेपालको कुनैपनि विकेटका लागि कीर्तिमानी साझेदारीको रेकर्ड बनेको हो ।
घरेलु टिम जिम्बावे विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २९० रन बनाउने क्रममा कुशल भुर्तेलले ९९, आसिफ शेखले ६६, रोहित पौडेलले ३१, कुशल मल्लले ४१ आरिफ शेखले १०, गुल्सन झाले १३ रन, दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए, त्यस्तै करण केसी २ रनमा नट आउट रहे भने भिम सार्की सुन्यमा आउट भए ।
बलिङ तर्फ जिम्बावेका रिचर्ड गाराभाले ९ ओभरमा १ मेडन राख्दै ४३ रन दिएर ४ विकेट लिए त्यस्तै वेलिंगटन मासाकाज्दाले १० ओभरमा ४२ रन खर्चिएर २ विकेट हात पारे। उनले ३१ बल डट फ्याँकेका थिए । ब्लेसिंग मुझारबानी र तेण्डई चताराले एक एक विकेट हात पारे ।