• शनिबार, साउन ९ २०८३

जिम्बावे विरूद्ध नेपालको कीर्तिमानी साझेदारी

शतक पूरा गर्नबाट कुशल एक रनले चुके


आइतबार, असार ३ २०८०
1.4K
Shares

काठमाडौँ । आजबाट जिम्बावेमा सुरू आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले कीर्तिमानी साझेदारी गरेको छ।

जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको साझेदारी गरेपछि ओडीआई क्रिकेटमा नेपालको कुनैपनि विकेटका लागि कीर्तिमानी साझेदारीकाे रेकर्ड बनेकाे  हो ।

यसअघि २०२३ काे फेब्रुअरीमा आसिफ शेख र ज्ञानेन्द्र मल्लले नामिबिया विरुद्ध लिग टु मा कीर्तिपुरमा दोस्रो विकेटका लागि १३९ रनको साझेदारीकाे रेकर्ड थियाे । त्यस्तै पहिलो विकेटको लागि कुशल र आसिफलेनै ओमानविरुद्ध सन् २०२२ मा गरेको ११४ रनको साझेदारीको रेकर्ड थियाे ।

जारी खेलमा कुशल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । जिम्बाव्वेका वेलिङटन मासाकाज्दाले ९९ रनमा कुशललाई बोल्ड गरे ।

घरेलु टिम जिम्बावे विरुद्ध टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले उत्कृष्ठ सुरुवात गर्दै ३२ औ ओभर मा १७१ रन बनाइ पहिलो विकेट गुमाएको थियो ।

यसअघि कुशलले पहिलो रनमै जीवनदान पाएका थिए। उनको क्याच जिम्बावेका शिकन्दर राजाले ड्रप गरेका थिए।

एकदिवसीय मान्यता पाएपछि नेपालले पहिलो पटक टेस्ट टिमसँग एकदिवसीय खेल खेलिरहेको छ। नेपालले एक दिवसीय मान्यता पाएको चार बर्ष पुरा भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार