पोखरा । गण्डकी प्रदेश भर रहेका सबै अस्पतालको सेवा प्रभावकारी बनाउनका लागि आवस्यक उपकरण सहित दक्ष जनशक्ति थप गर्न साँसद मनकुमारी गुरुङले माग गरेकी छिन ।
बुधबार गण्डकी प्रदेश सभामा बोल्दै साँसद गुरुङले कोरोना भाइरसको संक्रमण फैलिन नदिन र रोकथामका लागि तत्काल सबै जिल्लाका अस्पतालहरुको स्तरोन्नती सहित जनशक्ति थप गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन ।
नेपाली काँग्रेसकी नेतृ समेत रहेकी गुरुङले कोरोना भाइरसको जोखिमका बिच फ्रण्ट लाइनमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायतको स्वास्थ्य अवस्था प्रति सरकार गम्भिर नबनेको आरोप लगाइन ।
उनले उनिहरुको तत्काल स्वास्थ्य विमा सहित उचित भत्ताको ब्यवस्था गर्न र कोरोना परिक्षणमा समेत उनिहरुलाई प्राथमिता दिन सरकारलाई सुझाव दिइन ।
त्यस्तै उनले भारतबाट केहि दिनयता बिभिन्न जिल्लाका नागरिक आउने क्रम बढेको भन्दै तत्काल उनिहरुको पिसिआर परिक्षण गराउनु पर्नेमा जोड दिइन ।
हाल बनेका क्वारेन्टिन समेत मापदण्ड अनुसार नभएको भन्दै उनले विश्व स्वास्थ्य संगठनले तोके बमोजिम गुणस्तरिय बनाउन र क्वारेन्टिनमा बस्नेलाई अत्यावस्यक सुविधा सर्वसुलभ रुपमा प्रदान गर्न गण्डकी प्रदेश सरकारसंग माग गरेकी छिन् ।
कृषिमा लगानी पनि कम भएको भन्दै अब लगानीसँगै सरकारले बजारको पनि व्यबस्था गर्नुपर्ने बताइन्।
मुलुकको राष्टिय अर्थतन्त्र धान्दै आएको रेमिट्यान्स भित्र्याउने ठूलो जनशक्ति कोरोनाका कारण रोजगारी गुमाएर नेपालमा आउन लागेको भन्दै तिनका लागि रोजगारीको अबसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर बन्नुपर्नेमा उनले ध्यानाकर्षण गराइन्।
उनले लकडाउन बढ्दै जाँदा जनता भोकै हुने अवस्था आउन नदिने प्रत्येक पालिकामा खाद्य स्टोर बनाउन समेत माग गरिन् ।
त्यस्तै, गोरखा जिल्ला अस्पतालमा आइसियू निर्माणमा ढिलाई भएकाे भन्दै तत्काल पहल गर्न सरकारकाे ध्यानाकर्षण गराइन्।