• आइतबार, साउन ३१ २०८३

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ (पूर्ण पाठसहित)


सोमबार, जेष्ठ १५ २०८०
2.2K
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्ष २०७९/८० को तुलनामा ४२ अर्ब कम हो । चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएकाे थियाे ।

बजेटमा चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड र वित्तीय व्यवस्थापन तर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ रहेको छ ।

सरकारले आर्थिक मन्दीतर्फ उन्मुख अर्थतन्त्रलाई नियन्त्रण गर्न मितव्ययिता अपनाउदै खर्च कटाैतिकाे याेजना सहित बजेट ल्याएकाे छ ।

जस अनुसार आगामी आर्थिक वर्षका लागि सबै प्रकारका प्रोत्साहन भत्ता खारेज, सवारी साधन खरिद नगर्ने, फर्निसिङ खरिद नगर्ने, अनिवार्य प्रतिनिधित्व गर्नेबाहेकका वैदेशिक भ्रमण रोकिने लगायतका बिषयमा मितव्ययिता अपनाएकाे अर्थमन्त्री प्रकाशशरण महतले बताएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार