• सोमबार, साउन ११ २०८३

आज १६ औं गणतन्त्र दिवस: टुँडीखेलमा विशेष समारोह गरी मनाइयो


सोमबार, जेष्ठ १५ २०८०
835
Shares

काठमाडौं । आज गणतन्त्र दिवस सैनिक मञ्च (टुँडीखेल) मा बिहानै विशेष समारोहका साथ १६ औं गणतन्त्र दिवस मनाइएको छ ।

समाराेह विभिन्न सास्कृतिक झाँकी, पुष्प वृष्टिका साथै सुरक्षाकर्मीको कवाज सहित शान्तिकाे प्रतिक परेवा उडाएर भव्यरुपमा मनाइयाे ।

२०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएकाे थियो । साेहि दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि सहित बिशिष्ठ महानुभावकाे उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार