• सोमबार, साउन ११ २०८३

रेशम चौधरी रिहा


सोमबार, जेष्ठ १५ २०८०
2.3K
Shares

काठमाडौं । टीकापुर घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय भोगिरहेका रेशमलाल चौधरी आज कैद मुत्त भएका छन् ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएपछि चौधरी आज रिहा भएका हुन् ।

५ वर्ष ३ महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो । गणतन्त्र दिवसकाे अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार पौडेलले सो माफी दिएका हुन् ।

यस अघि जेठ २ मा उच्च अदालत दिपायलको जन्मकैदकाे फैसलाविरुद्ध चौधरीले गरेकाे पुनरावेदन सर्वोच्च अस्विकार गर्दै उच्च अदालत दिपायलको फैसला नै सदर गरेको थियाे ।

सर्वोच्च अदालतले जन्मकैदकाे फैसला सदर गरेकाे दुइ हप्ता नवित्दै चाैधरी आममाफी पाए पछि सर्बत्र बिराेध भइरहेकाे छ ।

एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले रेशम चौधरीको कैद माफी दिने सरकारको निर्णय स्वीकार्य नहुने बताइसकेकाे छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रेशम चौधरीको रिहाइको विज्ञप्ति जारी गरी विरोध जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार