• आइतबार, साउन ३१ २०८३

रेशम चौधरीलाई आममाफी दिन सरकारले गर्याे राष्ट्रपतिसमक्ष पुन: सिफारिस


आइतबार, जेष्ठ १४ २०८०
690
Shares

काठमाण्डौ। गत जेठ १२ मा राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फिर्ता पठाएकाे रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव आज मन्त्रिपरिषद् बैठकले फेरी राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् । 

गणतन्त्र दिवसका अवसरमा कैदी बन्दीको सजायँ माफ दिने प्रचलन बमाेजिम चौधरीलाई छाड्ने सरकारको योजना छ ।

चौधरीले टिकापुर हत्याकाण्डमा दोषी ठहर भइ जेल सजायँ भोगिरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार