• सोमबार, साउन ११ २०८३

कोशी प्रदेशमा बजेट अधिवेशन सुरु हुँदै, बिराटनगरमा बिहानै देखि तनाव : दर्जन बढी पक्राउ


आइतबार, जेष्ठ १४ २०८०
1.6K
Shares

विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि आन्दोलनमा उत्रिएका दर्जन बढी आन्दाेलनकारीलाइ प्रहरीले आज बिहानै विराटनगरबाट पक्राउ गरेको छ । 

कोशी प्रदेशको प्रदेश सभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो बैठक दिउसाे २ बजेका लागि बोलाइएको छ ।।

विराटनगरकाे देवकोटा चोकबाट उनीहरू पक्राउ परेका हुन् । प्रदेशसभा घेराउ गर्ने तयारी गर्दै गर्दा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे हाे । एलभी लेखिएको हेलमेट लगाएको समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले आन्दाेलन गर्दै आइरहेका छन् । प्रदेश १ पुन: नामाङ्कन संघर्ष समिति गठन गरेर आन्दाेलनमा उत्रिएका उनिहरुले आज बिहानैदेखि प्रदेश सभा अगाडि प्रदर्शन गर्ने तयारी गरेका थिए ।

नामाङ्करण पछि स्थगित भएकाे प्रदेश सभाको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भइ पहिलाे पटक आज बैठक बस्दैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार