• सोमबार, साउन ११ २०८३

आज संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्दै


आइतबार, जेष्ठ १४ २०८०
2.4K
Shares

संघीय संसद्को दुवै सदनको संयुक्त बैठक आइतबार बस्दैछ ।

बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने कार्यसूची रहेको छ।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले संघीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदन संसदमा प्रस्तुत गर्नेछन् ।

मस्यौदा प्रतिवेदनमाथि आएका संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरि नियमावली पारित गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ।

त्यस्तै आज दिउँसो प्रतिनिधि सभाको बैठक पनि बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु वर्षको आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची छ।

आजै राष्ट्रिय सभा बैठक पनि बस्दैछ । राष्ट्रिय सभाको बैठक पनि दिउँसो १ बजेर १ मिनेटमा बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार