• आइतबार, साउन १० २०८३

स्वास्थ्य सामग्रीको भ्रष्टाचार र पशुपतिनाथकाे जलहरीमा पित्तल लगाएको बिषय संसदकाे रेकर्ड बाट हटाइयो


शनिबार, जेष्ठ १३ २०८०
835
Shares

१३ जेठ, काठमाडौं । काेभिड महामारीको समयमा स्वास्थ्य सामग्री खरिदमा दुई अर्बको भ्रष्टाचार भएको र पशुपतिको जलहरीमा सुन भनेर पित्तल लगाएको भनी माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गरेको टिप्पणी संसदको अभिलेखबाट हटाइइकाे छ ।

शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले ती शब्द हटाउन निर्देशन दिएका हुन् । गत जेठ १० गते प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली नेत्रित्वकाे सरकार भएका बेला अनेक भ्रष्टाचारका काण्ड भएको आरोप लगाएका थिए ।

एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी दलको नेतालाई आरोप लगाइएको भन्दै यो शब्द हटाउन र माफी माग्न माग गर्दै संसद अवराेध गर्दै अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुचारु हुन नदिने अडान लिँदै आएको थियो ।

शनिबार बिहान प्रधानमन्त्री, कांग्रेस सभापति र एमाले अध्यक्ष सहभागी प्रमुख तीन दलकाे बैठकमा ओलीमाथि लगाइएको आरोप सम्बन्धी शब्द हटाउने सहमति भएको थियो । सोही सहमति अनुसार ती शब्दहरु संसदको रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार