• शनिबार, साउन ९ २०८३

लकडाउन र इद पर्व


आइतबार, जेष्ठ ११ २०७७
985
Shares

Jammu: A silhouetted view of a man offering prayers on last Friday of Ramzan, during the ongoing COVID-19 lockdown, in Jammu, Friday, May 22, 2020. (PTI Photo)(PTI22-05-2020_000114B)

माेहम्मद रफि

देश कोरोना भाइरसको माहामारीसंगै लकडाउनको चपेटामा परेको २ महिना बितिसकेको छ । यसै बेला इस्लाम धर्मालम्बीहरुको महान पर्व रमदान सकिए लगत्तै ईद उल फित्रको आगमन भएको छ । यस पटक नेपाल सरकार ले इद उल फित्रको अवसरमा सार्बजनिक बिदा दिएको छ । यो बिदाले मुस्लिम समुदायमा खासै खुसी देखिएको छैन ।

यस पटकको सार्बजनिक बिदा मुस्लिम समुदाय को लागि कुनै औचित्य राख्दैन किन भने आज भन्दा अगाडीका बर्षहरुमा यहि सरकारसंग इदको बिदाको लागि कयौ पटक आग्रह गर्दा पनि मुस्लिम समुदाय को भावना लाई ठेस पुर्याएको सर्वबिदितै छ । तर यस पटक भने यो सरकारले मौकामा चौका हान्ने मौका पायो ।

यो लकडाउनको मौका पारेर नेपाल सरकारले इद उल फित्रको सार्बजनिक बिदा दिनु हामी मुस्लिम समुदाय को लागि अर्थहिन छ । किन भने यदि नेपाल सरकार ले हामी मुस्लिम समुदायको भावना लाई बुझेको भए बुझ्न सकेको भए लकडाउन को दायरा लाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्न लगाइ प्रशासनको रोहबरमा भएपनि मस्जिद इदगाहमा इद उल फित्रको नमाज पढ्ने बाताबरण तयार गरिदिनु पर्थ्यो ।

सधै झै यस पटक भने रमदान को महिना भरी गरिने प्राथना (नमाज) र विशेष प्रार्थना ( तराबिह को नमाज) सम्पुर्ण इस्लाम धर्मालम्बीहरुले आ आफ्नो घर मा बसेर नै लकडाउन को पालना गरि पढेका छन । रमदानको महिना सकिए लगत्तै आकास मा देखिने खुर्पे चन्द्र्मा लगत्तै रमजान सकिएको र इद को आगमन भएको आभास हुन्छ ।

इद को खुसियाली मा इद को नमाज पढ्ने एक आपस मा अंकमाल गरेर इद को खुसी आदान प्रदान गर्ने आ आफ्ना आफन्त सङ भेट्घाट गरेर आफू भन्दा ठुला सङ आशीर्वाद लिने आफू भन्दा सानालाई आशीर्वाद दिने परम्परा भने यो पटक फेरिएको छ । यस पटकको इद को नमाज लकडाउनको कारण घरकै कोठा भित्र सिमित रहन गएको छ ।

देश को स्थिती र कोरोना भाइरसको अवस्था लाई मध्यनजर गर्दै हामी मुस्लिम समुदायले इदको नमाज पनि घर मै पढ्ने छाै ।

इद उल फित्रको पावन अवसरमा सम्पुर्ण नेपालीहरुमा मङलमय शुभकामना ब्यक्त गर्दै कोरोना भाइरससंग लड्ने र कोरोना भाइरस बाट मुक्ती मिलोस भनी अल्लाह ताअलासंग दुवा मग्दछु ।

इद मुवारक

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार