दार्चुला : नेत्रविक्रम चन्द विप्लव समूहका आठ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
भारतद्वारा अतिक्रमित भूमि लिपुलेकमा नेपाली झन्डा गाड्न हिडेका उनिहरुलाइ प्रहरीले व्यास गाउँपालिका-२ दुम्लिङबाट पक्राउ गरिएको हो।
प्रहरीले लेकम गाउँपालिकाका जीवन विष्ट, मदन विष्ट, गणेशसिंह विष्ट, दीपक विष्ट, सुरेन्द्र विष्ट, अनिल साउद, दीपक साउद र जनकसिंह साउदलाई नियन्त्रणमा लिएको हाे।