• शुक्रबार, साउन ८ २०८३

वैदेशिक रोजगारीमा जाने सोचमा हुनुहुन्छ ? पहिला जान्नुस् यि २५ कुरा…


मंगलबार, फाल्गुन ९ २०७९
2.6K
Shares

काठमाडौँ । देशमा प्रयाप्त रोजगारीको सृजना नहुँदा दैनिक हजारौ नेपाली कामको खोजीमा बिदेशिन बाध्य छन् । रोजगारीका लागि विदेश पलायन भएका युवाले पनि सोच अनुरुपमा सेवा सुविधा पाउन सकेका छैन । रोजगारीमा जाने तयारी गरेदेखि विदेशमा पुगेपछि पनि युवा ठगी बढ्दो छ ।

वैदेशिक रोजगारीमा जाने युवाले सम्भावित ठगि वा समस्याका साथै चुनौतीहरुलाई ध्यान दिन नसक्दा अहिले दैनिक सयौ उजुरी बैदेशिक रोजगार विभागदेखि स्थानीय प्रहरी प्रशासनसम्म पर्ने गरेका छन् ।

वैदेशिक रोजगारीमा जाँदा धेरै कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । वैदेशिक रोजगारीमा जाने बेला सानातिना कुराहरुको वेवास्ता गर्दा कहिलेकाही ठूलो समस्या झेल्नुपर्ने हुन्छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीहरु ठगिएको, विदेशमै अलपत्र परेको, एक ठाउँ भनि जाँदा अर्कै ठाउँ परेको, भनेजस्तो तलब नपाएको जस्ता गुनासाहरु धेरै आउने गरेको पाइन्छ । कतिपय व्यक्तिहरुलाई आफुले गर्ने काम, तलब र सुविधाका बारेमा समेत थाहा हुँदैन । जसले गर्दा उनीहरु ठगिने गरेका छन् ।

त्यसैले वैदेशिक रोजगारीमा जानुअघि धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । जुन यसप्रकार रहेका छन् ।

-केही सीप सिकेर, आफूले गर्ने, गर्न सक्ने र जान्ने कामका वारेमा, पाउने तलवका वारेमा राम्ररी जानी बुझी मात्र जानु पर्दछ।

-लाग्ने खर्च, प्राप्त हुने आम्दानीका वारेमा तुलनागरि लाभ हुने काममा मात्र जानु पर्दछ।

-घर परिवारसँग सल्लाह, परामर्श गरी सहमतिमा मात्र जानु पर्दछ ।

-बैदेशिक रोजगार बिभागवाट श्रम स्वीकृति लिएर मात्र बैदेशिक रोजगारमा जानु पर्दछ ।

-बैदेशिक रोजगारमा जाँदा दुर्घटनामा परी मृत्यू वा अंगभंग हुन सक्दछ।

-विमा गर्दा कामदारलाई र उस्को परिवारलाई आर्थिक सहयोग प्राप्त हुन्छ ।

 -बैदेशिक रोजगारमा जाँदा विस्वासिलो र भरपर्दो मेनपावर कम्पनी मार्फ जानु पर्छ ।

-व्यवसायिक वा Visit भिसामा जानु हुदैन ।

-जानी जानी गलत कागजात बनाई जानु हुँदैन ।

-घर परिवारसँग सल्लाह गरि मानसिक रुपमा तयार हुनु पर्दछ ।

-बैदेशिक रोजगारमा जानका लागि पैसा बुझाएपछि व्यहोरा खुलाई भरपाई लिनु पर्दछ ।

-कति खर्च लाग्छ राम्ररी बुझनु पर्छ ।

-कुनै एजेन्ट वा कम्पनीले भरपाई दिन आनाकानी गरेमा ठगिकै नियत भएको बुझ्नु पर्छ ।

-स्वदेशी विमानस्थलवाट मात्र जानु पर्दछ ।

-अन्य छिमेकी देशको बाटो गरेर जानु हुँदैन ।

-बेचिन वा ठगीमा पर्न सकिन्छ ।

-आफू जाने देशको भौगोलिक स्थिति, हावापानी रहन, सहन, धर्म, कानून, काम गर्ने वातावरण आदि वारेमा सामान्य जानकारी लिनु पर्छ।

-यस्का लागि पूर्व प्रस्थान अभिमूखीकरण तालीम अनिवार्य रुपमा लिनु पर्दछ ।

-बैदेशिक रोजगारमा जाँदा आवश्यक सवै कागजातहरुको एक एक प्रति आफू र परिवारको साथमा राख्नु पर्छ ।

-बैदेशिक रोजगारको क्रममा ठगिमा परे बैदेशिक रोजगार बिभागमा उजुरी गर्नु पर्दछ ।

-बैदेशिक रोजगार सम्वन्धी कुनै पनि सूचना जानकारीका वारेमा बुझ्नु परेमा बैदेशिक रोजगार बिभाग र बैदेशिक रोजगार प्रवर्द्धन वोर्डको सचिवालयको ठेगानामा सर्म्पर्क गरी बुझ्न सकिन्छ ।

-आम संचार माध्यमले प्रकाशन गरेको बैदेशिक रोजगारको सूचना/ विज्ञापन सहि भए नभएको बुझ्नु पर्दछ । गलत विज्ञापन गरी पैसा उर्ठाई ठगि गर्न सक्दछन ।

-सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

-सम्वन्धित देशको ट्राफिक नियम वुझ्ने र पालना गर्नुपर्दछ ।

-सरकारले निषेध गरेको देशमा र काममा जानु हुदैन ।

स्रोत : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार