काठमाण्डाै । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको लकडाउनका विषयमा निर्णय गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले लकडाउनलाई कसरी थप्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बनाइएको उच्चस्तरीय समन्वय समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले लकडाउनका विषयमा निर्णय गर्नेछ । समितिको बैठक पनि आजै बस्दैछ ।