• शनिबार, साउन ९ २०८३

सिभिल टिप्स: सकिदै गरेको चिसोको वेवास्ता गर्दा निमोनिया हुन सक्छ


सोमबार, माघ २३ २०७९
1.3K
Shares

चिसो दिनप्रतिदिन घट्दोक्रममा छ । बिहान बेलुका चिसो भएपनि दिउँसोको समयमा गर्मी लाग्न थालिसकेको छ । यस्तोे समयमा मानिसहरु अब चिसो सकियो भनेर पालता लुगा लगाएर निस्कन्छन् ।

तर सकिन लाग्दै गरेको चिसोको वेवास्ता गर्दा निमोनियासमेत हुन सक्ने चिकित्सकहरु बताउछन् । यो समयमा चर्को घाम र चिसो हावा एकैसाथ चल्छ । त्यसकारण घाम लागेको छ भन्दै चिसोको वेवास्ता गर्दा निमोनियासमेत हुन सक्ने उनीहरु बताउछन् ।

सामान्य भाषामा निमोनिया फोक्सोमा हुने संक्रमण हो । बच्चा तथा वृद्धमा रोगसँग लडन सक्ने क्षमता कम हुने हुँदा निमोनियाको जोखिम बढी हुन्छ । साना उमेरका र बुढापाकालाई निमोनियाले बढी सताउने गर्छ । निमोनिया घातक पनि हुनसक्छ । शारीरिक रुपमा कमजोर व्यक्तिलाई यसले बढी सताउछ ।

निमोनिया विशेष प्रकारका कीटाणुको आक्रमणले गर्दा फोक्सोको संक्रमण र निमोनिया निम्त्याउछ । यी कीटाणुले श्वासप्रणालीलाई नराम्रो रूपमा प्रभाव गर्न सक्छ । नवजात शिशु, साधारण रुघाखोकी लागेको बेलामा राम्ररी स्याहार नगरेका, जाडोको समयमा, प्रदुषण तथा अत्याधिक धुम्रपान गर्ने व्यक्ति तथा कुनै दिर्घरोगको उपचार गराइरहेका व्यक्तिमा निमोनिया हुने प्रवल सम्भावना हुन्छ ।

विशेषगरी मधुमेह रोगी, दम, पुरानो टिवीको रोगी, दीर्घरोगी, श्वासप्रश्वासको समस्या भएका, प्रतिरोधात्मक क्षमता कम भएका, इम्युनिटि वुस्ट गर्नका लागी स्टेरोइडको प्रयोग गरिरहेका, निमोनिया भएको मानिसको सम्पर्कमा आएमा तथा कोभिडका कारण निमोनिया हुने सम्भावना बढि रहन्छ ।

सामान्य देखिने कारण निमोनिया थाहा नपाइने अर्थात् साइलेन्ट निमोनिया पनि हुनसक्छ । अस्पतालमा अन्य रोगको उपचारका लागि आउँदा मात्र निमोनिया भएको पहिचान हुनसक्छ । तर, पछिल्लो समयमा कोभिडको कारण हुने निमोनियाको सम्भावना धेरै रहन्छ । निमोनिया छाती तथा फोक्सोको रोग हो ।

निमोनियाका लक्षणहरु –

  • ज्वरो आउँने
  • छाती दुख्ने
  • श्वास फेर्न गाह्रो हुने
  • कोखामा हान्ने
  • फोक्सोको रोग भएकोले खोकी लाग्ने
  • श्वासप्रश्वासमा समस्या हुने
  • शरीर शिथिल हुँदै जान्छ
  • श्वासप्रश्वासमा समस्या आएर मस्तिष्क तथा अन्य अङ्गमा अक्सिजनको कमी हुँदै जान्छ ।
  • निमोनिया बिग्रदै जादाँ फोक्सोमा पानी जम्ने, पिप जम्ने हुन्छ
  • बच्चामा निमोनिया भएमा कोखा दुख्ने समस्या हुनसक्छ ।
  • पुरानो निमोनिया भएकालाई धुम्रपानले अझ जटिल बनाइदिन सक्छ ।

कसरी बच्न सकिन्छ ?

संक्रमणमा निमोनिया भएको एक्सरे वा सिटी स्क्यानले थाहा पाउन सकिन्छ । निमोनियाको कारणले हुने मृत्युबाट जोगाउन सबै भन्दा पहिला रुघाखोकी लाग्दा हेलचेक्रायई गर्न हुँदैन ।

उपचार विधि सकेसम्म रोग लाग्न नदिनको लागि न्यानो लुगाको प्रयोग गर्नुपर्छ । विशेष छाती र टाउकोको कवचमा ध्यान दिनुपर्छ । चिसोबाट जोगिनको लागि तातो झोलिलो खानेकुरा खानुपर्छ ।

  • निमोनियाको उपचारका लागि एन्टिब्याक्टेरियल औषधी प्रयोग हुन्छ ।
  • कोभिडको कारणले हुने निमोनियाको सफल उपचारका लागि कुनै औषधी छैन ।
  • रगतमा सरेर शरीरका विभिन्न अङ्गहरूलाई क्षति पुर्याउन सक्छ ।
  • निमोनिया विरुद्धको खोप पनि लगाउन सकिन्छ । – सरसफाइ र स्वच्छतामा ध्यान दिदाँ पनि निमोनियाबाट बच्न सकिन्छ ।
  • साथै, निमोनिया भएको संकेत देखिए उपचारको स्वास्थ्य जाँच गराउनु पर्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार