गाेरखा । भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता गराउन माग गर्दै अखिल नेपाल स्वतन्त्र बिधार्थी युनियन (अनेरास्वबियु) गोरखाले बुधबार प्रमुख जिल्ला अधिकार सुरेन्द्र पाैडेल मार्फत परराष्ट्र मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापन पत्रमा नेपालको व्यास गाउँपालिका–१ देखि लिपुुलेकसम्मको भूभाग मिचेर सडक निर्माण गरेकाे भन्दै तत्काल कुटनीतिक पहल मार्फत मिचिएको भूमि फिर्ता गराउन पहल गर्न आग्रह गरिएको छ ।
अनेरास्वबियु गोरखाका संयोजक सन्जिब थापामगर र सह–संयोजक सुजन सिंखडाद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नेपालको सिमानको रक्षाका लागि उच्च तहबाट निर्णायक पहल गर्दै सिमामा सुरक्षा फौज राख्न र सिमानका काँडेतार लगाई घेराबन्दी गरी गर्न समेत सरकारलाई आग्रह गरिएको छ ।
हेर्नुस ज्ञापन पत्र
