• शुक्रबार, साउन ८ २०८३

गोरखामै रोजगारी सिर्जना गर्न सके समग्र जिल्लाको बिकास हुन्छ : पाण्डे


आइतबार, माघ ८ २०७९
1.1K
Shares

गाेरखा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखामै रोजगारीको अबसरहरु सिर्जना गर्न सके मात्र जिल्लाको बिकास हुने बताएका छन् ।

पाण्डेले एघाराै गोरखा महाेत्सव समापन कार्यक्रममा बोल्दै कृषकले उत्पादन गरेको बस्तु मेला महोत्सवमा प्रर्दशन गर्न सके मात्र आर्थिक रुपमा आत्म निर्भर बन्न सक्ने बताएका हुन् ।

‘जिल्लालाई आर्थिक रुपमा सम्पन्न बनाउन र आर्थिक रुपमा समृद्ध बन्नको लागी कृषी, पर्यटन, औधोगीक, कलकारखाना बाणिज्यको क्षेत्रलाई उत्पादन सगँ जोड्नु पर्दछ’ उनले भने ।‘म यहाँको जनप्रतिनिधिको हिसाबले के गर्नुपर्छ, के गर्न सक्छु सकेको सहयोग गर्ने छु ।’

जिल्लाका युवाहरु आयआर्जनको लागी बिदेशीन नपरोस भन्नको लागी जिल्लामै उधोगधन्दा खोल्ने, रोजगारीको अबसरहरु सृजना गर्न सके मात्र समग्र जिल्लाका मानिसहरु आर्थिक रुपमा आत्म निर्भर बन्न सक्ने उनले बताए ।

जिल्लाको नया पर्यटकीय स्थल र गन्तब्यहरुका खोजी गरी उत्पादन सगँ जोड्न सके पनि आथिक रुपमा सम्पन्न जिल्ला बन्न सक्ने उनको भनाई छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार