• सोमबार, साउन ११ २०८३

अर्थशास्त्री वाग्ले भन्छन्- ‘चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुक समृद्ध बन्दैन’


बिहिबार, माघ ५ २०७९
805
Shares

काठमाण्डौ‌ । अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले विदेशमा चाउचाउ र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातमा सुधार नहुने र समृद्ध पनि नहुने बताएका छन् ।

बुधवार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्र स् अबको बाटो’ विषयक विमर्श कार्यक्रममा बोल्दै अर्थविद् वाग्लले नेपालको निर्यात चिन्ताजनक अवस्थामा रहेको बताए । उनले विदेशमा चाउचाउ, स्वयाविन तेल र अगरबत्ती मात्रै निर्यात गरेर मुलुकको निर्यातस्तर सुधार गर्न नसकिने बताएका हुन्।

निर्यातमा नेपालका लागि सम्भावनाहरु प्रशस्त रहेको भन्दै उहाँले नेपाल विप्रेषण ९रेमिटेन्स०मा धेरै निर्भर भएको बताए। विप्रेशणले सधैँ धान्न नसक्ने हुँदा नेपालले दीर्घकालीन योजना बनाउनुपर्ने उनको भनाइ छ ।

सरकारले अनुदान पनि सोचेजति उठाउन नसकेको भन्दै उहाँले ५५ अर्ब अपेक्षा गर्दा ५ अर्ब मात्रै उठ्नु चिन्ताको विषय भएको बता
। सरकारले राजश्व र खर्चको असन्तुलन निर्मम रुपमा अघि बढ्नुपर्ने उनको भनाइ छ । नत्र नेपालमा रहेका ४ लाख ८० हजार कर्मचारीलाई जनताले तिरेको करबाट तलब भत्ता दिँदैमा सकिने अवस्था रहेको उनको तर्क थियो ।

उनले विश्वभर नै आर्थिक अवस्था संकुचनतर्फ लागेकाले नेपालमा पनि त्यसको बाछिटा पर्नसक्ने बताए । उहाँले बजेटको आकार निकै बढेको र यसमा नयाँ सरकारले बजेटको आकार मुलुक सुहाउँदो बनाउनुपर्ने बताए । उहाँले सरकारले राजश्व बढाउन र चुहावट रोक्न प्राथमिकता दिनुपर्ने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार