काठमाडौं । राष्ट्रपति पद आफ्ना लागि नभएको डा. सन्दुक रुइतले बताएका छन् । बहराइनको प्रतिष्ठित इसा अवार्ड पाएका डा रुइतले बुधबार पत्रकारसंगकाे कुराकानीमा यस्ताे बताएका हुन् ।
‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’
अहिलेलाई यो काम (राष्ट्रपति) भन्दा आफूले गर्न सक्ने काम धेरै रहेको डा. रुइतले बताए ।
डा. रुइतले अन्तर्राष्ट्रिय अवार्ड एक नेपालीले पाउनु भनेको विश्व मानचित्रमा नेपालको आत्मसम्मान र प्रतिष्ठा बढ्नु रहेको बताए ।