• शुक्रबार, साउन ८ २०८३

शहिद लखनमा विद्यार्थी र गाउपालिका अध्यक्षबीच अन्तरक्रिया


बुधबार, माघ ४ २०७९
2.4K
Shares

गोरखा । जिल्लाको शहिदलखन गाउपालिकामा विद्यार्थी र पालिका अध्यक्षबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार शहिद लखनका अध्यक्ष रमेश बाबु थापा मगरले पालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीसंग अन्तरक्रिया गरेका थिए ।

गाउपालिकाको आयोजनामा संचालन भएको कार्यक्रममा पालिका भित्र रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेको प्रशासकीय अधिकृत बाबुराम मगरले बताए । आयोजकले अन्तरक्रिया कार्यक्रमलाई विद्यार्थीको गुनासो, जिज्ञासालाई समाधान गर्न विद्यार्थी तथा जनप्रतिनिधिको भूमिकाको विषयमा अन्तरक्रियाको आयोजना गरेको बताएको छ ।

कार्यक्रममा गाउपालिका भित्रका माध्यमिक तथा प्रा बि तहका बिध्यार्थिहरु प्रधानाध्यापक शिक्षक प्रतिनिधिहरुसहित सहभागि थिए । अन्तरक्रियात्मक कार्यक्रममा प्रश्न गर्ने अधिकांश विद्यार्थीहरुले विद्यालयका क्यान्टिन, आसपासका पसलहरुमा जङ्फुड बिक्री हुदै आएको र जङ्फुडले स्वास्थ्यमा हानि गर्ने हुनाले हटाउन माग गरेका थिए ।

त्यस्तै आफ्ना विद्यालयका बिभिन्न समस्या बिध्यालयमा खानेपानि र शौचालयको उचित प्रर्बदन नभएको, बिध्यालय वरपर घेराबार र खेल मैदानको ब्यबस्थापन नभएका लगाएत बिभिन्न आफ्ना विद्यालयका समस्याका विषयमा बोलेका थिए । त्यस्तै हाल ६ कक्षा सम्म सञ्चालन हुदै आएको दिवा खाजा ८ कक्षा सम्म गराउन माग राखेका थिए । कक्षा चलिरहेको बेला अनाबस्यक मानिसहरु बिध्यालय भित्र प्रबेश गर्न नदिन पनि माग राखेका छन । छात्राहरुले पालिकाबाट बितरण गरेको स्यानिटरी प्याडको आकार सानो भएको गुनासो गरेका थिए ।

पालिका अध्यक्ष थापाले सोधिएका प्रश्नको जवाफ दिदै दिवा खाजा बिधाको पुर्बाधार सुधारका बिषयमा सघं सरकारको ध्यानार्कषण गराउने, घेराबार, खेलकुद मैदानको, खेल सामग्रीको ब्यबस्थापन पालिका तहबाट संबोधन हुदै जाने बताए। शिक्षा अधिकृत राजेन्द्र खनालले स्वागत मन्तव्य तथा शिक्षा सम्वन्धी विद्यमान सँबैधानिक तथा कानुनी व्यवस्थाका वारेमा चर्चा गरेको प्रशासकीय अधिकृत मगरले जानकारी दिए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष इन्दिरा तिवारी,प्रमुख प्रशासकीय अधिकृत बाबुराम मगर, सामाजिक विकास समितिका संयोजक कृष्ण बहादर प्रजा ,शिक्षा समितिका सदस्यहरु क्रमश रमेश कुमार श्रेष्ठ,खुन प्रसाद रेग्मी तथा चिरञ्जीवि काप्रीले विभिन्न विषयमा मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा गाउँपालिका भित्रका मावि तथा निमावि सञ्चालन भएका १६ विद्यालयका ७५ जना विद्यार्थीका लागि व्याग तथा स्टेशनरी वितरण गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार