• शनिबार, साउन ९ २०८३

सुदनले ल्याए ‘चाहिदैन भो पैसाको थुप्रो नी’ ( भिडियो )


बुधबार, माघ ४ २०७९
1.4K
Shares

काठमाडौं । गायक सुदन गैरेको सुमधुर स्वरमा सजिएको  “चाहिदैन भो पैसाको थुप्रो नी” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजको यथार्थलाई समेटेर तयार पारिएको यस गीतमा  पैसा कमाउनकै लागि विदेशिनु पर्दैन , विदेशजाने खर्चले नेपालमै केहि  गर्न सकिन्छ भन्ने भन्ने भाव व्यक्त गरिएको छ।  

गीतमा शब्द गणेश शाहीको रहेको छ भने संगीत स्वयम गायक गैरेको रहेको छ।  गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।  भिडियोमा दुई युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ।  भिडियोमा बिना राउत र सरोज प्रजा फिचर्ड छन्।  

फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।  भिडियो ‘राइट ट्युन इन्टरटेन्मेण्ट’ नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो।  

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार