गोरखा । भिमसेन थापा गाउँपालिका १ घ्याम्पेसाल स्थित दुल्लभ माध्यमिक विद्यालयको ५५ औं बार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न भएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद नन्द प्रसाद न्योपानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सांसद न्योपानेले पानसमा बत्ति बालेर उदघाट्न गरेका थिए ।
बिद्यालय र बिध्यार्थिको शैक्षिक स्तर उकास्नको लागि शिक्षक र अभिभाबकको मुख्य भुमिका रहने सांसद न्योपानेले बताए । ‘अभिभाबकको काम भनेको बालबच्चालाई बिध्यालय पठाउने मात्र होइन, उनीहरुले कसरी पढेको छ ? पठाई कस्तो छ ? भनेर बिध्यालयमा गएर शिक्षकहरु सगँ बुझ्ननु पनि हो ।’ कार्यक्रम कै अवसर पारेर पुर्ब शिक्षक रामचन्द्र श्रेष्ठको स्मृतिकाे अक्षय कोषको ब्याजबाट अध्ययनरत विद्यार्थीलाई छात्रबृद्धि समेत वितरण गरेको विद्यालयको प्रधानाध्यापक मोहन बाबु सापकोटाले जानकारी दिए ।
२०२४ सालमा स्थापना भएको एस बिध्यालयमा नर्सरी देखी कक्षा १० सम्म अङ्ग्रेजी माध्यम बाट पठन पाठन भईरहेको सापकोटाले बताए । सो अवसरमा बारपाक सुलिकोट ८ निवासी स्वर्गीय राम बहादुर गुरुङ र रनकौरी गुरुङको स्मृतिमा उनका छोरीहरु संजिला गुरुङ र प्रबित्रा गुरुङले रामरनकौरी अक्षय कोष स्थापना गरी २ लाख जम्मा गरेकाे विद्यालयले जनाएको छ।
कार्यक्रमको अबसरमा गाउपालिका स्तरीय लोक नृत्य प्रतियोगीता, प्राबि स्तरीय चित्रकला प्रतियोगीता राखिएको थियो । उक्त प्रतियोगीतामा विजेता हुनेहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगी संस्था, विद्यालयमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान समेत गरिएको विद्यालयले जनाएको छ ।
बार्षिकउत्सव समारोहमा भिमसेन थापा गाउपालिका उपाध्यक्ष अमृता वस्ती, गाउपालिकाको सामाजिक बिकास संयोजक नारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत चित्र बहादुर अधिकारी, वडा नं २ का वडाध्यक्ष नारायण भटराई लगाएतले मन्तब्य राखेका थिए ।

