• शुक्रबार, साउन ८ २०८३

‘काठमाण्डाैका साइकल र ठेला ब्यापारीलाई निशेध हाेइन ब्यवस्थापन गर’


मंगलबार, माघ ३ २०७९
1.9K
Shares

काठमाण्डाै । काठमाण्डाै महानगरपालिकाले फुटपाथमा साइकल तथा ठेला गाडा ब्यापारीलाई ब्यवसायमा निशेध गरेकाे भन्दै क्लिन एयर नेटवर्क नेपालले विराेध जनाएकाे छ ।

आज मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै नेटवर्कले महानगरकाे निर्णयकाे विराेध गरेकाे हाे । काठमाण्डाै महानगरपालिकाले पुष २६ गते एक सूचना प्रकाशित गरि फुटपाथमा साइकल तथा ठेला गाडा प्रयाेग गरि ब्यवसाय गर्दै आएकालाई प्रतिवन्ध लगाउने निर्णय गरेकाे थियाे ।

साे निर्णयले विपन्न नागरिककाे दैनिकीमा नकरात्मक प्रभाव पार्ने भन्दै नेटवर्कले त्यस्ता ब्यापारीलाई निशेधकाे सट्टा ब्यवस्थित गर्न माग गरेकाे हाे ।

उपत्यकामा वायु प्रदुषण बढ्दै गइरहेकाे अवस्थामा साइकल तथा ठेला गाडा जस्ता वातावरणमैत्री साधनलाई प्राेत्साहन गर्नुकाे सट्टा झनै प्रतिवन्ध लगाउने महानगरकाे निर्णय रहेकाे भन्दै नेटवर्कले गल्ति सच्याउदै ब्यवस्थापनमा लाग्न माग गरेकाे छ ।

सडक पेटिकामा सबैकाे सहज पहुँच रहने बताउदै नेटवर्कले त्यस्ता ब्यवसायीलाई समेत समाजकाे अभिन्न अंग मानेर समस्या समाधानमा ध्यानु दिनु उचित हुने समेत बताएकाे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार