• शुक्रबार, साउन ८ २०८३

विमान दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा गोरखामा दीप प्रज्वलन


सोमबार, माघ २ २०७९
1.3K
Shares

गोरखा । आईतवार भएको यति एयरलायन्सको जहाज दुर्घटनामा मृत्यु भएकाको सम्झनामा सोमवार साँझ दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ गोरखा साखा र गोरखा जेसिजको संयुक्त आयोजनामा सदरमुकामस्थित बसपार्कमा दीप प्रज्वलन गरिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा जिल्ला समन्वय समिती गोरखाको प्रमुख मोहन बहादुर थापा मगर, पत्रकार माहासंघ गोरखाका अध्यक्ष नरहरी सापकोटा, गोरखा जेसिज बर्ष २०२३ को अध्यक्ष पुष्कर गुरुङ, जिल्ला स्थित सुरक्षा निकाएको प्रमुख र प्रतिनिधी, पत्रकार माहासंघका पदाधिकारी, जेसिज सदस्यहरु, बिभिन्न संघ(संस्था र स्थानीय लगायतको उपस्थिति थियो ।

त्यस्तै पृथ्वि युवा क्लब गोरखाको आयोजनामा पनि गोरखा नगरपालिका ८ स्थित आहाले भञ्ज्याङ चोकमा सोमवार साँझ दीप प्रज्वलन गरिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार