गोरखा । जिल्ला स्तरीय वतृत्वकलामा गाेरखा नगरपालिका २ ताप्लेकी अमिना खातुन पहिलाे बनेकी छिन् ।
पुस २७ गतेदेखी सदरमुकाममा सञ्चालन भईरहेकाे ११ औ गोरखा महोत्सवका अवसरमा भएकाे जिल्ला स्तरिय वतृत्वकला प्रतियाेगितामा खातुन पहिलाे बनेकी हुन् ।



कक्षा १२ मा अध्ययनरत खातुनले प्रतियाेगितामा सहभागी अन्य १२ विधालयलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकाे आयाेजक गाेरखा उधाेग बाणिज्य संघले जनाएकाे छ । गोरखामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
उधोग बाणिज्य सघं गोरखाको आयोजनामा सदरमुकाममा भइरहेको गोरखा महोत्सव एवं प्रदेश स्तरीय कृषि पर्यटन तथा व्यापार मेला स्थल खेलकुदमैदानमा सोमवार जिल्ला भित्रकाे माध्यामिक विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा सम्पन्न भएको हो ।
`आर्थिक बिकासको आधार कृषि पर्यटन उधोग ब्यापार´ विषयक प्रतियोगितामा द वल्ड क्यापिटल बोडिङ रानिबनकी प्रजिता बानिया द्धितीय र महेन्द्र मा बि कुन्दुरको मन्दिप लामा तृतीय भएकाे सघंका सदस्य शरण श्रेष्ठले बताए । प्रतियाेगितामा प्रथम हुने खातुनले नगद सात हजारसहित प्रमाण पत्र प्राप्त गरेकाे सघंका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा दोस्रो र तेस्रो हुनेलाई क्रमश पाँच हजार र तिन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकाे बताईएकाे छ । सघंका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगितामा गोरखा नगरपालिकाका उप प्रमुख मसली माया थोकर (सपना पुन), गोरखा नगरपालिका ६ का वडा अध्यक्ष राजेन्द्रकुमार जोशी लगायतको सहभागिता रहेको थियो ।


