• शुक्रबार, साउन ८ २०८३

घैरुङमा यसरी जुधाइयो गोरु (फोटो फिचर)


सोमबार, माघ २ २०७९
2.2K
Shares

गोरखा । माघे संक्रान्तिका अवसरमा घैरुङमा गोरु जुधाइ मेला आयोजना गरिएको छ।

यस वर्ष शहिद लखन गाउपालिका ६ घैरुङ पिपलछापको खेलमैदानमा १३ हल गोरु जुधाएको हो। हिमालय देबि युवा क्लबको आयोजनामाभएको कार्यक्रममा शहिद लखन गाउपालिका, ज्वालामुखी गाउपालिका, गण्डकी गाउपालिकाको १३ हल गोरु जुधाईएको थियो ।

त्यसमध्ये ४ हल गोरुको जुधाई विशेष प्रकृतिको भएको क्लबका अध्यक्ष निर्मल गुरुङले बताए । विशेष प्रकृतिको जुधाई मध्यको उत्कृष्ट गोरु धनी किसानलाई सम्मान गरीएको अध्यक्ष गुरुङले बताए ।

गोरु जुधाइसँगै स्थानीय कला संस्कृति, सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी र हस्तकला प्रतियोगीता लगायतका कार्यक्रम गरिएको थियो । मेलामा विजेता हुने गोरु धनीले १० हजार नगद र प्रमाणपत्र प्राप्त गरेका छन् भने उपविजेता हुनेले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार