• शुक्रबार, साउन ८ २०८३

गण्डकी प्रदेशसभामा उपसभामुख पदका लागि आज निर्वाचन हुँदै


सोमबार, माघ २ २०७९
1.3K
Shares

गण्डकी प्रदेश सभामा आज सोमबार उपसभामुखको निर्वाचन हुँदै छ ।

उपसभामुख पदमा सत्ता गठबन्धनका तर्फबाट बागलुङकी एमाले सांसद बिनाकुमारी थापा र नेपाली कांग्रेसका तर्फबाट लमजुङकी सांसद पार्वती तामाङको उम्मेदवारी छ ।

सभामुख भने यसअघि नै नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल चयन भइसकेका छन् । गण्डकी प्रदेशसभामा सत्तारुढ गठबन्धनको बहुमत छ र उनीहरुबीचको भागवण्डामा सभामुख माओवादी केन्द्र र उपसभामुख नेकपा एमालेले लिने सहमति भइसकेको छ ।

गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, एमालेका २२, माओवादीका ८,  राप्रपाका २ र एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसद दीपक मनाङे छन् । तर, माओवादीका सांसद कृष्ण धिताल सभामुख भएकाले मत हाल्ने छैनन् । सभामुखको निर्वाचनमा स्वतन्त्र सांसद दीपक मनाङेले पनि मत हालेका थिए ।

सोमबारको प्रदेश सभा बैठकले आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति शोक प्रस्ताव पारित गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार